Thursday, May 26, 2022

# कालो चस्मा

लौ जवानीले धावा बोल्यो, चन्चल भए नजर 



x

लाउनै पर्‍यो कालोचस्मा, हल'चल भए नजर !!


घिन्ताङ्ग घिन्ताङ्ग ए घिन्ताङ्ग घिन्ताङ्ग बज्यो नि मादल 

लाली ओठमा,,,,,, मिर्मिर आँखामा कालो गाजल 


एहै नयाँं नयाँ रुप देख्छु, त्यो ओठ टोक्ने बानी   

कि देउ हैन भने लुकाई राख, आगो भो जवानी!!  


घिन्ताङ्ग घिन्ताङ्ग ए घिन्ताङ्ग घिन्ताङ्ग बज्यो नि मादल 

लाली ओठमा,,,,,, मिर्मिर आँखामा कालो गाजल 


कहिले सम्म तर्की हिंड्छ्यौ, पार्छु माया जालमा 

साथ मात्र देउन सानु, राख्छु आँखी झ्यालमा !!


घिन्ताङ्ग घिन्ताङ्ग ए घिन्ताङ्ग घिन्ताङ्ग बज्यो नि मादल 

लाली ओठमा,,,,,, मिर्मिर आँखामा कालो गाजल


उफ् नसकिने भो कति सम्म, भाऊ खोजेकी काली 

ए! सुनन भन्या, तिमी बन बगैंचा म बन्नेछु माली !! 


घिन्ताङ्ग घिन्ताङ्ग ए घिन्ताङ्ग घिन्ताङ्ग बज्यो नि मादल 

लाली ओठमा,,,,,, मिर्मिर आँखामा कालो गाजल 



महिला भर्सन


छि कति पिछा गरेको हो, ए गाउँको नकचरो 

चिनजान् केही छैन अझै, के नाउँ हो नकचरो 

 

घिन्ताङ्ग घिन्ताङ्ग ए घिन्ताङ्ग घिन्ताङ्ग बज्यो नि मादल

नलगाउ कालो चस्मा, देख्छौ निलो आकाशमा बादल

(लाली ओठमा,,,,,, मिर्मिर आँखामा कालो गाजल)


देख्यौ मान्छे म नक्कली छु, पछी लाग्ने धेरै छन् 

हिरो नसम्झ है तिम्रा भन्दा फ्यान धेरै मेरै छन्


घिन्ताङ्ग घिन्ताङ्ग ए घिन्ताङ्ग घिन्ताङ्ग बज्यो नि मादल

नलगाउ कालो चस्मा, देख्छौ निलो आकाशमा बादल

(लाली ओठमा,,,,,, मिर्मिर आँखामा कालो गाजल)

 

  



 




 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...