Saturday, May 7, 2022

गजल: यहाँ आफ्नै सपनाहरु, डढाएको छु मैले !


दृष्‍य १ 

पात्र थकान सहित, आफ्नो पूरानो कोठामा छिर्छ जहाँ मिलाएर राखिएका किताबका दराज हुन्छन्। पूरानो दराज हुन्छ। भित्ते घडी अनि आफ्नो दिक्षान्त समारोहमा खिचिएको तस्बिर टाङ्गिएको हुन्छ। तन्नाले टेबल ढाकिएको हुन्छ टेबल माथि बिहान चिया पिएको कप अनि रित्तो प्लेट हुन्छ एस्तो लाग्छ फुर्सद छँदैछैन कप प्लेट सफा गरेर राख्न पनि। जिन्स माथि सर्ट अनि टाई बाहिर कोट लगाएको पात्रले कोट खोलेर बिस्तारमा फाल्छ, टाई खोलम कि नखोलम गर्छ, सायद उ कसैले चिया ल्याएर दिए पनि पिउने थिएँ जस्तो देखिन्छ। एउटा किताब पल्टाउछ तर पढ्ने जाङर उसमा देखिँदैन त्यत्तिकै फ्याक्छ किताबले भरिएको दराज सुम्सुमाउंछ अनि भित्तामा टाङ्गिएको आफ्नै दिक्षान्त समारोहको तस्बिर हेर्दै नजानिदो मुस्कुराउंछ। कोटको गोजिबाट फोन निकालेर फोन गर्न थाल्छ फोन उठेन या उसले खोजेको जस्तो जवाफ जानकारी नपाएर निरास देखिन्छ गर्मी हुन्छ पंखा खोल्छ तर लोड सेडिङ्ग भएको ले पंखा चल्दैन। छाती सम्म झुण्डिएको रातो टाई र सर्ट एकैपटक टान्कै नखोली उसले निकाल्छ। झ्याल मा झुन्न्डिएको पर्दा हाटाएर बाहिर नियाल्छ, पर छिमेकका अग्ला घरहरु देख्छ फेरी पर्दा लगाउँछ। एस्तो लाग्छ तिनै भवनहरुले उसलाई थिच्दैछैन्। 

दृष्‍य २ 

साँझपरिसकेको हुन्छ धमिलो लाइट(प्रकाश) हुन्छ कोठामा। अघिसम्मका खाली कप र प्लेट हटिसकेको हुन्छ त्यहा गाजर मुला काँक्रो काटेर नुन छर्किएको एक प्लेट सलाद हुन्छ साथमा कोककोलाको बोत्तलला पानी अनि एक स्टिलको ग्लास देखिन्छ। अघिको पात्र सेन्डो (भेस्ट)मा तल पुरानो किसिमको हाल्फ पेन्टमा हुन्छ,जो रातो प्लास्टिकको कुर्चिमा बसेर फोन गरिरहेकै हुन्छ तर पनि अझै कतै कोहिबाट सकरात्मक खबर नपाएकोले बेचैन हुन्छ,छटपटिमा हुन्छ। त्यो स्टिलको ग्लासमा त्यही दराजको पछाडीबाट आधा बोत्तल सिग्नेचर रक्सी निकाएर खन्याउछ अनि कोककोलाको बोत्तल बाट पानी, अझै छोडेको हुन्न फोन गर्न तर एस्तो लाग्छ उसले आज नकरात्मक खबर मात्र सुन्ने दिन रहेछ। सलाद टोक्दै एक्दुइ सिप लिन्छ मन नलाई नलाई, घरीघरी त्यै आफ्नै फोटो हेर्छ जून दिक्षान्त समारोहमा खिचिएको हुन्छ। 

दृष्‍य ३ 

किताबका दराजमा केही खोजिरहेको हुन्छ तर उसले भेट्दैन, सोचमग्न हुन्छ केही सम्झिएको जस्तो गरेर आडको दराज खोल्छ कपडाको चाङ्गको तल बाट मोटो फायल निकाल्छ जहाँ उसका एस एल सि देखिका मार्कसिट र प्रमाणपत्रहरु हुन्छन्। निलो रङ्गको एम आर पि पासपोर्तलाई केहीबेर पल्टाएर त्यही कपडाको तल राख्छ तर फायल लिएर पिउदै गरेको टेबल मै बस्छ केही सिप लिँदै सलाद खाँदै। सबै प्रमाणपत्रहरुलाई एक एक गरेर नियाल्छ उहिबेला त्यो दिक्षान्तको फोटो हेर्छ जून फोटोमा श्याम श्वेतमा हुन्छ (त्रिभुवन विश्व बिद्ध्यालय) लेखिएको।

दृष्‍य ४ 

घरको आङ्गनको छेउ नजिकै गमलामा फूल फूलिरहेका हुन्छन्। तुलशीको मठ नजिकै हुन्छ। अघिसम्म हेरिरहेका सबै प्रमाणपत्रहरु कोही लेमिनेसन गरेका कोहो नगरेकालाई नजिकै थुपार्न थाल्छ, एस्तो लाग्छ उ ति कागजपत्रहरुबाट निकै असन्तुस्ट छ, बिरक्त छ,आडको कोठामा छिर्छ सायद भान्छा कोठा हो त्यो, हातमा लाटर लिएर आउँछ निकै असमन्जस्यमा देखिन्छ खै के सोच्छ ति कागजपत्रहरुमा लाइटर बालेर आगो लगाउँछ।।।।      
    
बेहोशीमा छु, केही मात चढाएको छु मैले 
भन्छन् आफन्त सङ्ग दुरी बढाएको छु मैले!! 

धुवाँ धुवाँ मात्र छ, भित्र न आओ है  
यहाँ आफ्नै सपनाहरु, डढाएको छु मैले !!

लड्न सक्छन् ढोका ढल्न सक्छन् झ्याल  
कमजोर टेकाहरुले, अढाएको छु मैले !!

सोध्दै नसोध, जीवनका अकाट्य सवालहरु  
जिन्दगी के हो आँफैलाई पढाएको छु मैले!! 

छिमेकिको त्यो दरबार हेरेर चित्त बुझाओ 
देख्दैनौ यो छातीमा घर ठडाएको छु मैले!!

(पढेका शिक्षित युवाहरुको बेरोजगारी,देशको राजनीति अन्योलताले आत्तिएको एक युवाको कथा हो यो। प्राइभेट कालेज स्कूलमा पढाउँछन् अन्त्यमा सुन्य। दराजमा लेमिनेसन गरेर राखेका सर्तिफिकेट जलाउनुपर्ने बाध्यताको सेरोफेरोमा 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...