Monday, May 23, 2022

जवानीको भूत चढ्यो, लौन के के भा'छ song for gangaram

केटा:
ईलामको चियाबारी, चितवनको तोरी
आजै नाता लगाएर, भनौं ससुराकी छोरी ??

केटी:
महाकालीको चाँदनी-दोधारा चितवनको ठोरी
नभन भो भन्नु पर्या छैन, ससुराकी छोरी !!  

दुबै:
कर्णलीको पूलपारी... चिसापानीको माछा
जवानीको भूत चढ्यो, लौन के के भा'छ  

केटा:
हुन्छ मात्र भन, घुम्न जाउँ टनकपुर नैनी
आजै नाता लगाएर, भनौं जेठानकी बैनी !!

केटी:
नबोल भो घिनै लाग्छ मुखमा च्यापी खैनी  
नभन भो, भन्नु पर्या छैन,जेठानकी बैनी !!

दुबै:
देबघाट पारी, फूल तारी काली तिरैमा  
मायाले पार्ने भयो, जिन्दगी पिर पिरैमा !!

केटा:
भक्तपुरको जुजु धौ, असनको सिमी'लाई
लौ भन न त, के भनी बोलाउँ तिमीलाई !!

केटी:
सिनामङ्गल तिनकुने, गट्ठाघर त्यो ठिमीलाई  
थाहाछैन सोध्नुपर्छ,तिम्री सासु मेरी ममीलाई!!

दुबै:
कर्णलीको पूलपारी... चिसापानीको माछा
जवानीको भूत चढ्यो, लौन के के भा'छ!!  

 
श्रीभक्त पौडेल 'आफन्त'
रमपुर चितवन
हाल स्पेन।।  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...