Sunday, May 8, 2022

गजल:एतै कतै छ्यौ रे, मलाई भेटेर जाउ

एतै कतै छ्यौ रे, मलाई भेटेर जाउ 
यो छातीको तिम्रै नाम,, मेटेर जाउ!!

केही पून्य, तिमी पनि कमाउ आज 
मेरो आङ्गनीको छेउमा, टेकेर जाउ!!
  
भनेकै थिएँ नि विश्वाश गरिनौ र पो 
आउ प्यालामा थोरै बिष फेटेर जाउ!!

सायद अझै मर्दिन ती हातका बिषले 
एक धारिलो छुरीले गला, रेटेर जाउ !!

सुनाउनेले सुनाई दिए,, नसुन्नु थियो 
एतै कतै छ्यौ रे, मलाई भेटेर जाउ !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...