Sunday, May 8, 2022

गजल:एतै कतै छ्यौ रे, मलाई भेटेर जाउ

एतै कतै छ्यौ रे, मलाई भेटेर जाउ 
यो छातीको तिम्रै नाम,, मेटेर जाउ!!

केही पून्य, तिमी पनि कमाउ आज 
मेरो आङ्गनीको छेउमा, टेकेर जाउ!!
  
भनेकै थिएँ नि विश्वाश गरिनौ र पो 
आउ प्यालामा थोरै बिष फेटेर जाउ!!

सायद अझै मर्दिन ती हातका बिषले 
एक धारिलो छुरीले गला, रेटेर जाउ !!

सुनाउनेले सुनाई दिए,, नसुन्नु थियो 
एतै कतै छ्यौ रे, मलाई भेटेर जाउ !!

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...