Wednesday, May 18, 2022

करोडौंमा खेल्छु भन्नेहरु हजारमा बिक्छन्

करोडौंमा खेल्छु भन्नेहरु हजारमा बिक्छन् 
कति सजिलै रत्नपार्कका बजारमा बिक्छन् !!




नगरबधुले पनि त आफ्नो अडान देखाउँछे  
आफ्नै अबमूल्यन हतार- हतारमा बिक्छन् !!





भन्छु भूल्नहुँदैन है आफू उभिएको धरातल
बिर्सिएर हुर्किएको जमिन दरारमा बिक्छन् !!




जिन्दगी ब्यापार बनाएर सबै कुरा दाऊमा
नगद किन चाहियो सारा उधारमा बिक्छन् !! 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...