Friday, May 20, 2022

करोडौं सपनाहरु अनि,,, एक रात यहाँ !!

करोडौं सपनाहरु अनि,,, एक रात यहाँ
काफी छन् रुझान रुझ्न, यी बर्षात यहाँ !!

निदरीहरु लाई फकाउँछु, पर'पर जान्छन्   
र पनि आँखासङ्ग कैयौं, मिठा बात यहाँ!!

न मनले सोध्छन् न त मस्तिस्क बोल्छन्   
मौनताका आवाज भित्र, मीठै घात यहाँ !!

सायद ती प्रेम नै थिए, नजरका अनुराग
बुझ्नै सकिएन ईशारा, अनौठा मात यहाँ!!

भनिदेउ आज 'आफन्तले' पिउन छाड्यो रे   
कसले पो चुँड्छ फूललाई, छोडी पात यहाँ !! 

करोडौं सपनाहरु अनि,,, एक रात यहाँ !!
 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...