Friday, May 20, 2022

करोडौं सपनाहरु अनि,,, एक रात यहाँ !!

करोडौं सपनाहरु अनि,,, एक रात यहाँ
काफी छन् रुझान रुझ्न, यी बर्षात यहाँ !!

निदरीहरु लाई फकाउँछु, पर'पर जान्छन्   
र पनि आँखासङ्ग कैयौं, मिठा बात यहाँ!!

न मनले सोध्छन् न त मस्तिस्क बोल्छन्   
मौनताका आवाज भित्र, मीठै घात यहाँ !!

सायद ती प्रेम नै थिए, नजरका अनुराग
बुझ्नै सकिएन ईशारा, अनौठा मात यहाँ!!

भनिदेउ आज 'आफन्तले' पिउन छाड्यो रे   
कसले पो चुँड्छ फूललाई, छोडी पात यहाँ !! 

करोडौं सपनाहरु अनि,,, एक रात यहाँ !!
 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...