Friday, May 27, 2022

गीत :तिम्रो त्यो .......... बानीले

केटा:
तिम्रो त्यो ओठ, टोक्ने बानीले 
बाटो छेकी, त्यो रोक्ने बानीले 
मलाई, के गरुँ, के गरुँ बनायो  
भन भन, बाँचु कि मरुँ बनायो 

तिम्रो त्यो ओठ टोक्ने बानीले ......

केटी: 
तिम्रो त्यो गाम सोध्ने बानीले 
घरी घरी, नाम सोध्ने बानीले  
मलाई रुनु कि, हाँस्नु बनायो 
पिरती छोड्नु कि गाँस्नु बनायो 

तिम्रो त्यो गाम सोध्ने बानीले 

दुबै:
तिम्रो त्यो ओठ टोक्ने बानीले ......
तिम्रो त्यो गाम सोध्ने बानीले .......

केटा:
तिम्रो त्यो, आँखा झिम्काउने बानीले 
माया माया भन्दै, धम्क्याउने बानीले 
मलाई, कस्तो, कस्तो बनायो 
एस्तो लाग्छ धेरै सस्तो बनायो 

तिम्रो त्यो, आँखा झिम्काउने बानीले

केटी:
तिम्रो त्यो, झुटो बोल्ने बानीले  
मनका कुरा,केही नखोल्ने बानीले 
मलाई, जाउँ कि बसौं बनायो
पिरतीमा चढौँ कि खसौं बनायो  

तिम्रो त्यो, झुटो बोल्ने बानीले  

दुबै:
तिम्रो त्यो, आँखा झिम्काउने बानीले....
तिम्रो त्यो, झुटो बोल्ने बानीले   .....

दुबै:
मलाई रुनु कि, हाँस्नु बनायो .......
पिरती छोड्नु कि गाँस्नु बनायो.......
दुबै 
तिम्रो त्यो ओठ टोक्ने बानीले ......
तिम्रो त्यो गाम सोध्ने बानीले .......

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...