Sunday, May 8, 2022

गजल:उन्मुक्त हुन्छन् रे रात, बिहानी सम्म नै

किन आफ्नै लाग्छन्, मतमताउने साँझहरु 

झनै यो शहरमा,,,, मगमगाउने साँझहरु !!


हानथाप नै गर्छन्,, पिउन पिलाउन यहाँ 

मात्नै दिँदैन कस्ता, झकझकाउने साँझहरु !!


उन्मुक्त हुन्छन् रे रात, बिहानी सम्म नै 

आँसु देखिए कि,, थपथपाउने साँझहरु !!


कतै योवन छचल्किन्छन्, कतै प्यालाहरु  

गला र नजर सङ्गै,, खसखसाउने साँझहरु !!


पर्खाई मै बित्छ दिन, गोधुलीको सधैं  

घाम डुब्न नपाउँदै सकसकाउने साँझहरु !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...