Saturday, May 7, 2022

गीत रहरहरु.....

रहरहरु त मेरा तारा टिपने 
कदमहरु दुबै जमिनमा रहे!!

शहरहरु मेरा स्वप्निल कन्कृट
उठेनन् कहिल्यै सतहमा रहे।।

रहरहरु.....

भेटिन हातमा भाग्यका रेखा
जे जति थिए ति चिनामा रहे!!

रोकिए खुशी तगारो कटेनन् 
के कति थिए सब् सिमामा रहे।।

रहरहरु....

रहरहरु  त मेरा तारा टिपने
कदमहरु  दुबै जमिनमा रहे

फूलका रङ्गमा सबनका खोजि
भेटिन कहिल्यै बगानमा रहे!!

दिन्न म झर्न मनका आँसु 
भित्रभित्रै छिपाई नयनमा रहे!!

रहरहरु.....

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...