Saturday, May 7, 2022

गीत रहरहरु.....

रहरहरु त मेरा तारा टिपने 
कदमहरु दुबै जमिनमा रहे!!

शहरहरु मेरा स्वप्निल कन्कृट
उठेनन् कहिल्यै सतहमा रहे।।

रहरहरु.....

भेटिन हातमा भाग्यका रेखा
जे जति थिए ति चिनामा रहे!!

रोकिए खुशी तगारो कटेनन् 
के कति थिए सब् सिमामा रहे।।

रहरहरु....

रहरहरु  त मेरा तारा टिपने
कदमहरु  दुबै जमिनमा रहे

फूलका रङ्गमा सबनका खोजि
भेटिन कहिल्यै बगानमा रहे!!

दिन्न म झर्न मनका आँसु 
भित्रभित्रै छिपाई नयनमा रहे!!

रहरहरु.....

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...