Thursday, May 5, 2022

ब्यापार हैन नि माया

ब्यापार हैन नि माया, नाफा घाटा नखोज
निको भैसकेको घाऊका, अब खाटा नखोज !!

अन्योलमा छ यो जिन्दगी, भेन्नेहरु भन्दै गर्छन्
सामुन्य जो जहाँँ छौ, त्यहीँ हिँड बाटा नखोज !!

पदचाप मेटिन्छन्, आफन्तले त बिर्सन्छन् भने 
भेट्दैनौ हिसाब किताब अब यहाँ डाटा नखोज !! 

जति सक्छौ टिप, झार, जूनतारा सपनीमा 
ब्युँझिएर कहिल्यै बिपनीमा कतै भाटा नखोज!!  

समय हो चिप्ल्यो हातबाट, नहेर भो घडीहरु   
भेटिन्नन् बेकारमा मिनेट घण्टाका कांटा नखोज !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...