Friday, May 27, 2022

कोमल मन, अनि ती गूलाबी अधरमा

कोमल मन, अनि ती गूलाबी अधरमा
आउनेछु पक्कै, बोलाउ तिम्रा शहरमा !!

तस्बिर हेरेर, कति रात कटाउने हामी
पल पल ब्युँझिएर, हरेक चार प्रहरमा !!

नभनेर मात्र हुन् चाहना पक्कै मिल्छन् 
बुझ्यौ केही तिम्रा त केही मेरा रहरमा !!

घुमौंला हातमा हातराखी ती कन्यामहरु 
दाङ्ग धनगडी भेंडेटार हिले साँफे-बगरमा !!

म तिमीलाई भेट्छु तिमी मलाई हेर है 
टाढा किन जानु एकआपसका नजरमा !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...