Sunday, May 8, 2022

रुने मन छ धेरै for PK

कोही कसैसङ्ग छिट्टै भेटि, रुने मन छ धेरै 
जुगौंभयो टाढिएको नजिक, हुने मन छ धेरै !!

थम्थमाउथ्यो नरो भनि, ख्याल ठट्टा गर्दा 
उहीं अङ्गालोमा सुक'सुकाउने मन छ धेरै !!

बर्षौं भयो, न उसले सम्झ्यो न मैले बिर्सेंं  
कस्तो भयो होला मान्छे, छुने मन छ धेरै !! 

केही गुनासा छन् केही नासो स्विकार्ला पक्कै   
मनका मयल सारा,,,,, धुने मन छ धेरै !!

'आफन्त' एक्लिएको छ भिडमा हिजोआज  
कोही कसैसङ्ग छिट्टै भेटि, रुने मन छ धेरै!!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...