Thursday, May 26, 2022

मन हो बहकिन सक्छ, सम्हाल्दै गर्नु

मन हो बहकिन सक्छ, सम्हाल्दै गर्नु
उड्ने आफ्नै सपनाहरु, अङ्गाल्दै गर्नु!!

दोश मलाई हैन, सके नजरलाई दिनु
मैनजस्तै हुन्छ्न् रहरहरु, पगाल्दै गर्नु!!

बहन देउ ती, दुई आँखाका पानी
गहहरु भरिएमा सधैं, पखाल्दै गर्नु!!

उतार चढाव नै रहेछ, जिन्दगी भन्नू
मन हो बहकिन सक्छ, सम्हाल्दै गर्नु

घृणा र तिरस्कारले कसलाई पुग्छ यहाँ 
बिन्ती प्रीतका रीतहरु, बसाल्दै गर्नु!!

मैन जस्तै हुन्छन् रहरहरु पगाल्दै गर्नु
मन हो बहकिन सक्छ, सम्हाल्दै गर्नु...

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...