Thursday, May 5, 2022

देउन न फोन नम्बर गीत (लोक आधुनिक लयमा)


केटा:
निलो कुर्ता लाउने ए सानु!! देउन फोन नम्बर 


केटी:
पूलिष बोलाउँ कि चप्पल(उचालेर) लेउन फोन नम्बर 

केटा:
फेसबुकमा खोजें, इन्स्टामा खोजें, भेटिन कतै 
मनमा बस्यौ नजर हुँदै प्लिज(दुबै कान समाउँदै) देउन फोन नम्बर

केटी:(थोरै आवेगमा)
चलाऊँदिन फेसबुक, थाहा छैन, इन्स्टा टिकटक 
बेकारमा नमाग भो, दिन्न फोन नम्बर (फेरी भनम)

केटा:
धरोधर्म रातमा मात्र, फोन गर्छु विश्वाश गर (घाँटी छुँदै) कान्छु 
सिकाउनेछु, इन्स्टा टिकटक सारा, कसम देउन फोन नम्बर

केटा:
निलो कुर्ता लाउने ए सानु देउन फोन नम्बर 
केटी:
पूलिष बोलाउँ कि चप्पल(उचालेर) लेउन फोन नम्बर

केटी: 
रातमा गर कि दिनमा, दिन्न भनेसी दिन्न दिन्न  
कर नगर भो एती सारो,, दिन्न फोन नम्बर !!

केटा: 
जसरी नि फकाउँछु हेर अब तिम्रा साथीलाई  
उसै सङ्ग लिन्छु भो नदेउ,, तिम्रो फोन नम्बर     

केटी: 
ल ल टिप सक्छौ भने अन्ठानब्बे एकचालिस अन्त्यमा ....जिरो
टिप्यौ कि फेरी भनम मेरो फोन नम्बर ....... ए मेरो हिरो  


No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...