Friday, May 27, 2022

उफ् आज फेरी तिम्रा याद आए

उफ् आज फेरी तिम्रा याद आए

रोक्नै नसक्ने गरी आ'जाद आए!! 

        उफ् आज फेरी तिम्रा याद आए 

ब्युँझेको मात्र हुँं,भर्खर बेहोस् बाट 

सम्हालिंदै थिएँ, मीठा बर्बाद आए!!

        उफ् आज फेरी तिम्रा याद आए 

मौनतामा हराएको बेला बाडुल्की 

हो न हो जवानीका उन्माद आए !!

        उफ् आज फेरी तिम्रा याद आए 

नसक्ने भएँ जिउन, पिउनै छाडेर

छातीका शूल सङ्गै आर्तनाद आए!!(नाद ध्वनी)

        उफ् आज फेरी तिम्रा याद आए !!

भूलिसकेका पुर्णिमाका उजेलीहरु 

औंसीका रातमा उफ् चाँद आए!!

        उफ् आज फेरी तिम्रा याद आए 

   






 

 


No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...