Thursday, April 23, 2020

पानी थिएँ र पो उसै घुलेर आएँ

lock-down creation
केही न केही त उतै भुलेर आएँ
कि हरेक पलहरु उसै झुलेर आएँ

न लाज राखेँ लुकाएर न सरम नै
भन्दैछन् यादहरुले धेरै खुलेर आएँ

हरेक साँझहरु मदहोशी थिए त्यहाँ 
गूलाबी रातमा हरगल्ली डुलेर आएँ

दिन्छौ सजायं भने भोग्न तयार छु
मायालुका बगानमा त फूलेर आएँ

कसैले थोरै कसैले धेरै पिए होलान्
पानी थिएँ र पो उसै घुलेर आएँ 

धन्य छौ आमा !

रुवाउँछ्यौ हसाउँछ्यौ, र आँफै रुँदै फकाउँछ्यौ
हल्लाउन्दै काखमा लिई, मिठा ममता जताउँछ्यौ ।। 

ममताकी खानी, त्यो आकाशभन्दा बिशाल मन
आँफै झुल्दै अनिदोले, हह झलुङोमा झुलाउँछ्यौ ।।

निन्द्रा सँगै प्रसब बेथा, कसरी भुल्यौ नि आमा?
आफु बसी भोकभोकै, दुधको धारा पिलाउँछ्यौ ।।

सृस्‍टि हौ धरती कोख, सम्भारकर्ता यस् जननीकै
लोरी सुनाइ कोखाइकोखाइ, बुबुमाम खुवाउँछ्यौ ।।

आज मात्र होइन आमा,हरेकपल तिम्रै आँचलमा 
माया को छायामा आमा, यो जिन्दगी भुलाउँछ्यौ।।  

Wednesday, April 22, 2020

जीवन फूल रहेछ

बिपना सुबेदी 
काठमाडौं नेपाल



जीवन कोमल फूल जस्तै त रहेछ

जब हातमा लिन्छु
स्पर्श गरिरहु जस्तो लाग्छ
चुल्ठोमा सजाउँदा
घरीघरी एेना हेरिरहुँ जस्तो लाग्छ
सिङ्गो बगैँचालाई अङ्गालोमा
बेरिरहुँ जस्तो लाग्छ
फूलेको बोट टाढैबाट
हेरिरहुँ जस्तो लाग्छ
साच्चै नै यो जीवन
यही फूल जस्तै लाग्छ
कोमल अनि सौन्दर्यले भरिपूर्ण                        
आखिर                                                                                                                                                        यो जीवन फूलका रङ्गहरुले सजिय जस्तै लाग्छ 
दु:खसुखका रङ्गहरु
उकाली ओरालीका सबनमहरुले सजिय जस्तै
दिक्दारी त केवल बहाना रहेछन् जीवनका
गूलाबका वरिपरी तिखा काँडाहरु जस्तै ।
निस्पात छन् फूलका पत्रहरु
मनका स्वपनिल रहरहरु जस्तै
नदिका सुन्दरता बगरहरु जस्तै
मन्दिरमा सजिए फूल ईश्वरको लागि
गलामा सजिए फूल आदरका लागि
आखिर जीवन अनि फूल
परिपुरक लाग्न थालेको छ
जीवन फूल रहेछ
अनि फूल जीवन रहेछ



Sunday, April 19, 2020

श्री'का केही कविताहरु

भगवानको शहरमा
सैतानका डेराअपाङ्ग सडक !!

निर्जिव भगवान
के थाहा ति पत्थरहरुलाई
जहाँं कालो भाले र बोकाको बली चढाइन्छ
कि उ आँफैमा भगवान बनिसकेको छ !
फूलको आँखामा फूलै संसार
सबै थोक निर्जिव नै लाग्ला
सायद हर निर्जिव पदार्थलाई
त्यसैले त यो सरकारले पनि
जिवलाई निर्जिव नै देख्छ !!
उचालेको कुकुरले मृग लखेट्दैन
बँधुवा सरकार
ब्वाँसा मन्त्रीहरु
छिमेकी स्याल !!
सम्रिद्धी नेपाल
जोगीको लुटेर माग्नेलाई पोस्यो
सम्मन्वय कर्ता मुस्कुरायो !!

Wednesday, April 15, 2020

गजल

नपरोस् सुन्न अब चोरलाई, चोरले नै गबाई बनाउने छन्
आराम गर बिज्ञान थोरै, बिरामीले नै दबाई बनाउने छन्!!

के दोश दिने खै यो मौषमलाई, जता हावा उतै पत्ता उँडे 
फूल्न छोडेर कपास के भो,ठण्डीले नै रजाई बनाउने छन्!! 

सत्य ब्यर्थै कोर्यो संघियताले, कैयौं धर्सा यही मानचित्रमा 
विश्वाश थियो सधैं अटल, हिमालले नै तराई बनाउने छन् !!

छाडिदिनुस् धाउन, पर्दैन नाईकोमा कैन्ची चलाऊन अब
छ भने थोरै कतै हजुरसङ्ग, ईमानले नै तपाईं बनाउने छन् !!

चाहिँदैनन् दुश्मन पनि, पर्दैनन् भो ती सिमानामा पर्खाल
भन्दिएको छु आज मैले, आफन्तले नै पराई बनाउने छन् !!

Tuesday, April 14, 2020

सुर्योदय र सुर्यास्त हेर्न खोज्छन्

मृत्‍युका खबरले आक्रान्त दुनियाँ
केहीक्षण राह्त खोज्न दौडन्छन्
घरका झ्याल खोलेर
सुर्योदय र सुर्यास्त हेर्न खोज्छन्
कतै न कतैबाट
सुस्तरी ल्याउने छन्
सुखद खबरहरु बतासले भनि   
फाटे हुन्थ्यो झैं हुन्छ
क्षितिज माथिका कालो बादल
छिट्टै फाटे पनि हुन्थ्यो झैं हुन्छ
बिहानी कुहिरो
किन कि
सुर्योदय र सुर्यास्त सङ्गै
लाखौं कामना जोडीएका हुन्छन्
कि हरेक पटक
बिहानीका लाली अनि साँझका सिन्दुरीले
सुखद खबर ल्याउनेछन् भनेर,
कति एक्लिए होलान्
धेरै नियास्रीए होलान्
उपत्याकाका चार भन्ज्याङ्गहरु पनि 
मनकामनाका केबलकारहरुमा खियापो लागिसके
मुग्लिनका कान्छाहरुले भात खान पाए कि पाएनन् होला
गोर्खा दरबार र मन्दिर बन्दै थिए
बाटुले चौरका गाईनेदाईहरुले
भोलिका दिनमा कस्तो बिरह पो सुनाउने हुन्

घरभित्र आस्थाका दिपहरु जलिरहेका हुन्छन्
विश्वाशका घडाहरु भरिएका हुन्छन्
कि अझै विश्वाश छ
हरेक मनका भगवानहरु प्रति 

Sunday, April 12, 2020

आज हार मनाऔं

कति जित मात्रै, आउ आज हार मनाऔं
सम्झियोस् यो दुनियाँनले, दम्दार मनाऔं

बहाना मिलेको छ, भोलिको 'नयाँं साल'
किनारामा मज्जा छैन त मझधार मनाऔं

लोभि पापी छ सरकार सिनो बन्दैछ देश
जनता बबुरो कठै! यहाँ धिक्कार मनाऔं

सिक्दैछ मान्छे ब्रम्हनाल सैयामा मुस्कुराउन
त्यसैले आर्यघाटमा, जय जय कार मनाऔं 

Saturday, April 11, 2020

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ॥

यताकाले भो नआईज,
उताकाले जा भन्छन्
सिमानामा बन्दी भयौं 
यो एस बि आई
जे छ त्यही खा भन्छन्
के गर्नु,
सरकार नै
झट्केलो परेछ कि कुन्नि?
हामीलाई सौतने बनायो
घर हाम्रो पारी परासी
बास भने नौतुना बनायो
जोगबनी बाट जोगिए
बिराटनगरले लखेट्छ
रक्सौलमा रिक्सा चढें
नेपाल गेटमा ओराल्छ
ए सरकार! लौन
स्वदेशको माटो सुँघ्न मन छ
बरु माटोको डल्लाले हिर्का।
महाकाली पारी
चाँदनी र दोधाराले समेत 
चिनेनेन् हामीलाई
महाकाली पूलमा ताल्चा ठोकेर
हामीलाई पारी नै रोकेर
कहिले सम्म बाचौंला र खै
यो खाली पेट बोकेर।। 
न हामीलाई
जहाज लिएर लिन आईज भनेका छौं
न डोलीको साइत बोकेर
मात्र चाह छ
मर्नै परे बरु महाकाली पारी नै मर्छौं
नमार भो हामीलाई यो दोधारमा
न पूर्वको कांगडा
न पश्चिमको टिस्टा
सायद, अब त
नालापानीले पनि बिर्सिएछ
हर कोही आज
ब्रिटिश इस्ट इन्डिया कम्पनी झैं लाग्न थालेको छ
वीर बलभद्रका सन्तती हामी 
आज महाकालीले रोकेको छ।
बिन्ती छ सरकार आज
मात्र एक आभास दे
कि हामी पनि जनता हौं
हाम्रो पनि देश छ
हाम्रो पनि सिमाना छ
हाम्रो पनि नागरिकता छ
सायद हाम्रो रेमिट्यान्स
थोरै भएर हो कि
हाम्रो हातमा हरिया राहदानी नभएर हो?
कहिले सम्म तेस्रो दर्जामा राख्छस? 

  

Wednesday, April 8, 2020

मृत्‍युका मात पिएको छु,

भन्दिन कि म पिउंदिन भनेर
कहिले खुशीले पिउंछु
कहिले दुखी भएर पिउंछु
कहिले छुस्स एकदुई पेग एक्लै पनि
प्राय:त म जमघट मै पिउंछु,
तर हिजोआजको कहानी बेग्लै छ
जसरी
त्रसित दुनियाँको जिन्दगी बेग्लै छ
दिनचर्या बेग्लै छन्
कोही देखाउन पिउंछन्
कोही लुकाउन पिउंछन्
तर
मेरो कहानी अझै बेग्लै छ
टेबल माथिको सिलप्याक बोत्तल हेर्दै
साँझहरु काटेको धेरै भयो
पिउने आँट नभएर होइन
जाङ्गर नभएर होइन
सोच्नु भयो होला
सितन नभएर हो कि
साकी नभएर हो कि ??
ति पनि होइनन्
किन कि मैले हिजोआज
सोमरस छाडेर भाईरस पिएको छु
तनाब पिएको छु
छटपटी पिएको छु
अनिदा सिङ्गो रात पिएको छु
मृत्‍युका मात पिएको छु,
मृत्‍युका मात?
अँ मृत्‍युका मात
न सितन चाहिन्छ
न साकी नै
असैह्य पिडासङ्ग चुस्की लिँदैछु
मृत्‍युका नशाहरु
चुलिरहेका मृत्‍युका शिलशिलाहरु
चर्किरहेका अहन्कारका पहाडहरु
छचल्किरहेका महामारीका सागरहरु
अनि त
कसरी रुचोस् मलाई
लेवल टांसिएका ब्रान्डेड रक्सिहरु
बिनै भेदभाव
आँखा वरिपरि नाचिरहेका छन्
मृत्‍युका खबरहरु
न रङ्गभेद न जातीभेद
न सिमानामा गोलाबारी
अखबार भरिएका छन्
मृत्‍युका खबरले
रेडियो थाकेका छैनन्
भनेर मृत्‍युका समाचारहरु
एस्तो लाग्छ यो नै नशा हो आज
मृत्‍युका नशा,
नचाहेरै पिईरहेको छु
भन्दिन म आज कि
सोसियल हुन पिएको छु ।।


Tuesday, April 7, 2020

बालुवाटार मै त राहत पुगेको छैन




सुन्छु म सरकार कै चाहत पुगेको छैन

भन्छन् बालुवाटार मै राहत पुगेको छैन

लर्खराउंदै बर्बराउंछ त्यै सत्ताको कुर्ची
होनि उसैलाई अझै तागत पुगेको छैन

के भेट्लान् र ती प्रदेशका महामहीमले
बिकेन्द्रीकरणमा नै कागत पुगेको छैन

भोक र आर्तनादले आक्रान्त छन् बस्ती
बस्तिमा पुग्नु'पर्ने खै लागत पुगेको छैन 

के दोश दिनु र सधैं सरकारलाई मात्रै
दयाधर्म दान हामीमा अझै आदत पुगेको छैन






सुनी दिने कस्ले

धागोको डल्लो जस्तै छन् ब्यथा बुनी दिने कस्ले
कुरुश र खाप्सियोमा एक मात्र चुनी दिने कस्ले?

निभेका चिता सायद खुशीछन् घाटहरु पनि आज
जिन्दगी धुवाँ धुवाँ भन्छन् यहाँ धुनी दिने कसले

भोट दिई पठाएको त्यो मेरोमान्छे सरकारमा गयो 
सुन्दैन 'प्रदेश' त्यो सरकारलाई भनी दिने कसले

हर'कोही लेख्छन् हिजोआज आफ्नै आत्म-ब्रितान्त
म जस्तै फिराक लिएर आउनेको सुनी दिने कस्ले     

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...