Thursday, July 8, 2021

पञ्चाङ्ग

 पञ्चाङ्ग 
जान अन्जानमा साना ठूला भूल भए 
केही तिखा काँडा केही प्यारा फूल भए 
'जिन्दगी' हो बाचुन्जेलको महासागर 
कतै यी आँखाका पानी कतै धूल भए 
कहिं मुटुका ढुक् ढुकी कहिं शूल भए।। 
-आफन्त 

आफन्तको १ डाली कोपिला

१, 
निकै दौड धुप छ जिन्दगीमा 
बाहिर सडकमा मै'राम्राहरुको आज 
आफ्नो त न रुप छ जिन्दगीमा।। 
२, 
त्यो पूरानो टुकीले झस्कायो आज 
त्यो मट्टितेलको बास्ना अनि सुतिको दार  
मिठा मिठा यादले चस्कायो आज।। 
३,
भेटिन्छन् कि राम छाती चिर्ने मन छ
किन भन्छौ त मलाई नास्तिक भनेर सधैं 
लक्ष्मणले झैँ धनुष भिर्ने मन छ।। 
४, 
कति सुन्नु सधैं त्यही मन्त्रिका भाषन  
एस्तै छ हालत देशको चोरले सिट्टी बजाउँछ  
भाषन सुनि चुल्होमा पाक्दैन राशन।। 
५, 
हिजोआज पटक्कै जिउन मन लाग्दैन  
खै यो कस्तो बितृष्णा हो आफ्नै जिन्दगी सङ्ग 
जम-घटमा पनि पिउन मन लाग्दैन।।   

आफन्तका १२ शीत book

 
शीत 
चिसो 
प्रित 


मिठो।। १ 
----
चन्द्र 
दाग 
मन्द 
आग।।२ 
----
लुट्यौ 
कुट्यौ 
चुट्यौ 
फुट्यौ।।३ 
----
च्याट्ट 
मायाँ 
फ्याट्ट 
मायाँ।।४   
----
मन 
चोखो 
तन 
भोको।।५
----
आफ्नै 
सारा 
अश्रु 
धारा।।६ 
----
सु:ख 
आफ्नै 
दु:ख     
आफ्नै।।७ 
----
बैभ (व) 
लागे 
दैव 
भागे।।८ 
----
झरी 
पर्‍यो 
चरी 
मर्यो।।९  
----
घर 
भित्र 
बैरी 
मित्र।।१०
----
डुलें 
देश 
फूले 
केश।।११    
----
खल्लो 
साँझ 
झल्लो 
साथी।।१२  

आफन्तका पाँच पञ्चाङ्ग

 
१, 
आलो घाऊ देखाएर परारको भन्यौ
काला सियाईका रेखा दरारको भन्यौ  
भन्थ्यौ बुझबुझारत बाँकी केही छैन 
आफ्नै जिन्दगी किन करारको भन्यौ
किनाराको गहिराई मझ्धारको भन्यौ।।    
२, 
नहुनु थियो जे चाहिं भयो त्यो प्यार रहेछ 
मौनताको बस्तिमा झुटको बेपार रहेछ 
अरे कसले भनेको जिन्दगी मेला भनेर 
पतझड् सिङ्गारीएका खोक्रा बहार रहेछ 
ऊ मेरो मान्छे भन्नु नै यहाँ बेकार रहेछ।। 
३,
आजै सक्नु पर्ने एउटा जरुरी काम छ
कताबाट निस्कौ लौन जताततै जाम छ
बगलीमा छुरा अनि बातै बात को खात
ढुङ्गा देखे पुज्नु पर्ने न मुखमा राम छ
भोको पेट दौडी रा'छु मनभित्र माम छ।। 
४, 
निक्लुं भन्छु दबाउंछ्यौ पिरतीको दलदलमा
बाचा कसम् खुवाउंछ्यौ हर घडी पलपलमा  
उल्टो छुरा चलाऊन कस्ले सिकायो भन सानु 
राप उस्तै बढाउंछ्यौ उकालीको खलखलमा
बत्ती किन निभाउंछ्यौ उजेलीको तलतलमा।। 
५,
आफ्नो प्रचार आँफै गर्दैछु म आज 
भर्खर् भर्खर् त बामे सर्दैछु म आज 
उम्रेला नउम्रेला भोलिका कुरा हुन्
हेर्नु ढुङ्गामा बिऊ छर्दैछु म आज
दिनुस हात खोली तर्दैछु म आज।।  
------------------
- श्रीभक्त पौडेल'आफन्त'
सान सेबास्टियन, भास्को राज्य स्पेन  

Wednesday, June 30, 2021

गजल जस्तै

कांच जस्तै लाग्छ जीवन, चर्किएको देख्दाखेरी
भुकम्प नै हो कि जीवन, थर्किएको देख्दाखेरी ।

कसैले कस्तो देख्छन, आफुंलाई त सधैं भरी
पासोको नै गांठो लाग्छ, सर्किएको देख्दाखेरी ।

हफ्तै पिछ्छे शिर लुकाउने, डेराहरु चाहर्दै गर्दा
उल्टोखोला लाग्छ जीवन, फर्किएको देख्दाखेरी ।

समिकरण यो जीवनको, नमिलेको देख्दा आज 
पहिरोको त्यो चट्टान होकी, घर्किएको देख्दाखेरी ।। 

उँदै सलल उँभै सलल, लान्छ कि त आजै   
घरीघरी यही झरी यहाँ, दर्किएको देख्दाखेरी ।।  

गल्ती सबको हुन्छ, दुधमा को नुहाएको छ र ?
दिक्दार लाग्छ तिमीआज, झर्किएको देख्दाखेरी ।

Saturday, June 19, 2021

आफन्तका ५ पञ्चाङ्ग

१,

भेटिदैन मान्छेकै, तक्दिर कहाँ छन्

साच्चै भगवानको, मन्दिर कहाँ छन्

स्वतन्त्रताको आभाष,, हरायो साथी

वारपार गरायौ,,'लकिर' कहाँ छन्     

बन्धनमा छौं सधैं,जन्जिर कहाँ छन्!!

२, 

नमिठै भए'नि, बात मिठा

अँधेरै भए'नि, रात मिठा 

खै केछ उनमा, थाहा छैन

सहेरै भए'नि, घात मिठा 

बेहोशै भए'नि मात मिठा !!


३, 

जिन्दगी झुर,, सपना चकनाचुर भएको बेला 

नबोलाओ है मलाई, म एकसुर भएको बेला

म जस्तो छु जहाँँ छु, नबिथोल ए आफन्त मलाई 

बिनै गल्ती सजायं,, मुटु थुरथुर भएको बेला 

कसम यो छातीमा आगो, हुरहुर भएको बेला !!


४,    

नास्तिक भएछु म,, राम बाट भरोशा हरायो  

आखिर के रहेछ,, दाम बाट भरोशा हरायो,   

वा तेरो त नामैमापनि, क्या दम छ यार भने

आज त झनै आफ्नै, नाम बाट भरोशा हरायो

छुनै छाड्यो नशाले, जाम बाट भरोशा हरायो !!


५, 

घरीघरि रिसाउने उनको,, बानी मन पर्‍यो  

रिशमा आँखाबाट बगाउने, पानी मन पर्‍यो  

मन परेपछी पर्‍यो पर्‍यो, मनै त हो रहेछ    

यो प्रेम हो जहाँ फाईदा हैन, हानी मन पर्‍यो 

साँच्चै राजकुमारी भन्दा धेरै,, रानी मन पर्‍यो।।   


Wednesday, June 16, 2021

जिन्दगीका कक्टेलहरु

समयको अन्तरालमा, हिजो जहर पिएँ 
सङ्गसङै पूरा नभएका, कैयौं रहर पिएँ।। 
 
चाहनाका स्वाद बेग्लै, सपनाका रङ्गहरु 
आखिर किन मैले?, आफ्नै नजर पिएँ।।   

सीतन बनाएँ भाग्यलाई, चट्नी समयको 
मौनता भित्रका तिनै, चिसा कहर पिएँ ।। 

कति मिठालाग्ने, जिन्दगीका कक्टेलहरु  
सराब भन्दाधेरै, बितृष्णाका नहर पिएँ ।। 

मेटिएनन् तिर्खा अझै, रीत्तिसके बोतल 
नदी मात्र त हुँदै हैन, मैले बगर पिएँ ।। 

Monday, June 14, 2021

नदी भन्दा पहिला, ढुङ्गे बगर आए!!

धेरै पछी उनका, केही खबर आए                                                                                                                थाहाछैन मनमा, कस्ता रहर आए !!

बुझेँ चोटको मज्जा, पिडामा हुन्छन् 
प्रेम सङ्गै पिडाका, मिठा जहर आए !!

मायाका याम हुन् कि मौषम हुन् यी 
एक पछी तुरुन्त, अर्का लहर आए !!

न मन मनभित्र, न पाईला स्थिर रहे 
सपनामा समेत, नौला शहर आए !!

स्वभाविक नै हो, सहनुनै पर्छ यहाँ  
नदी भन्दा पहिला, ढुङ्गे बगर आए!!      

Friday, June 4, 2021

आउ चन्द्रमा रोकेको छु एक रातका लागि

म मौनतामा छु, केही मिठा बातका लागि 
आउ चन्द्रमा रोकेको छु एक रातका लागि ।।  

चाहना त छैन हिजोआज, बेहोसीमा बस्न 
एकपटक मुस्कुराउ है, पूरानै मातका लागि ।। 

भिजुँ भिजुँ लाग्न थालेको छ, तिम्रो मायामा 
बादल बुन्दैछु प्यारका, त्यही बर्षातका लागि।।  

भुइँमा मुर्झाएछन् फूलहरु, माली हराएछ कि 
कसले चुँडेछन् कोपिला,, एक पातका लागि।। 

खै के ले पो हो, निकम्मा बनेछ आफन्त  
के नै बाँकी रह्यो र, अब बर्बादका लागि।।   

Wednesday, June 2, 2021

४ शेर

क्षमता भन्दा पनि धेरै, शोक पालेर  
हँसाउन यो दुनियाँलाई, जोक पालेर 
 
दबाब उस्तै प्रभाव, अभाव उस्तै छन् 
मेटेर नै नमेटिने अनेकौं, भोक पालेर

देख्थिस सपना जूनताराको, दिउँसो निदाई 
टिप्लास र के अब ब्यर्थैका, झोक पालेर   

छोड्दे बस्न अब त भो, मौनतामा श्री  
कोरोना भन्दा भयानक, रोग पालेर ।। 

Tuesday, June 1, 2021

बेचेर सपनाहरु, मैले रात किनेको छु song

बेचेर सपनाहरु, मैले रात किनेको छु

होश लिलाममा राखी मात किनेको छु।। 


नसोध प्रेमका परिभाषा,हारेको मान्छे म   

मायां दिएर पो,,, बर्बाद किनेको छु।।   


रोकें कैयौं सूनामी, आँसुका भेलहरु 

ओढेर अभावका घूम, बर्षात किनेको छु।। 


भुलेर भुल्नै सकिने, कस्ता यी यादहरु 

छाती दुखेको निहुँमा, आघात किनेको छु।। 


जल्न भनि पष्चातापमा, आगो किनेको छु 

चुँडिएका चङ्गाहरुको मैले, धागो किनेको छु।। 


 





 


x

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...