Sunday, November 30, 2014

हिजो नअघाउनेहरु


सल्बलाउन थाले, हिजो नअघाउनेहरु
संबिधान् बनाउन, आज् नसघाउनेहरु

तारबार मजबुत् आफ्ना बारीकान्लामा सधैं
छिमेकीकोमा डाम्ना छिर्दा, नभगाउनेहरु 

मन्दिरले त डस्छ यिनलाई, प्रसाद तितो
बिदेशी प्रभूका शरण्´मा  मग् मगाउनेहरु

जुकालाई पनि चुस्ने, जङ्गली स्यालहरु
उपियाँ, उडुस् बिर्साउँदै, रग् रगाउनेहरु 

सल्बलाउन थाले, हिजो नअघाउनेहरु
संबिधान् बनाउन, आज् नसघाउनेहरु

Friday, November 28, 2014

गजल म

आफ्नो प्रचार, आँफै गर्दैछु म
भर्खर् भर्खर् त बामे सर्दैछु म

उम्रेला नउम्रेला भोलिका कुरा
ढुङ्गामाथि पो बिउ छर्दैछु म 

शिखरको आश् कस्लाई हुन्न
आधार शिबिर् बाट झर्दैछु म

¨लक्ष्य¨छुटेछ पारी किनारमा 
दिनुस् न हात खोली तर्दैछु म

भेडो भएछु, एकोहोरो आज
भिर पखेरा खोजि चर्दैछु म

गजल थालेपछी

चर्किएका एेना सारा, फुट्न थालेपछी
के लाग्छ भाग्यले यहाँ चुट्न थालेपछी

साँझका बटुवा बास दिन्न कसो भन्ने
मध्य-रात उनले नै ,लुट्न थालेपछी

बन्द गर झ्यालखाना च्यात्यौ ती कानुन
भ्रस्टचारी देश द्रोही, छुट्न थालेपछी

नगर् भो एकता अनि, सहमतिका कुरा
पृथकताबादी सारा, जुट्न थालेपछी

सहिदका सपना ति,भुल्यौ आज किन
पोल्छ छाती आशा सबै टुट्न थालेपछी
 

गजल कमी भो

तरङग छ नि , धूनको कमी भो
रात पुर्णिमाको जूनको कमी भो

घोषणा र भाषाण् फुटेका कुर्कुच्चा
गरिबी निवारण्, ऊनको कमी भो

टलक्क टल्कियो काठमाडौं हिजो
संबिधान् सभामा चूनको कमी भो

थिचिए मिचिए नेपाली मुहार् मा
पानी मात्र हैन, खूनको कमी भो

बञ्जन सजियो,चान्दिको थालिमा
याद¨आफन्त¨को नूनको कमी भो

Wednesday, November 26, 2014

गजल कुन जहरमा हुन्छ्यौ

सर्नु परे बसाई सर्छु, कुन शहरमा हुन्छ्यौ
नदी सागर कहाँकहाँ, कुन लहरमा हुन्छ्यौ

अभिलाषा एउटै होलान्,जून तारा नै टिपने
पछ्याउँदै छु तिमीलाई, कुन रहरमा हुन्छ्यौ

गीत कबिता कोर्छु जहाँ, तिम्रै मात्र रुप छन
लेख्छु अब गजल पनि, कुन बहरमा हुन्छ्यौ

सपनी मा भेट्न आउछु, अङ्गालेर राखे सानु 
मध्यरात कि झिस्मिसेको, कुन प्रहरमा हुन्छ्यौ

बिर्सिएर यो दुनियाँ नै, त्यो काखमा मर्छु बरु
पिदिन्छ आफन्तले भन, कुन जहरमा हुन्छ्यौ

Tuesday, November 25, 2014

दुरिमा हुन्छिन् !

.-.-.-.
आफु आगनमा हुन्छु,उनी धुरिमा हुन्छिन्
आउन साडीमा भन्छु,लेङ्गा चुरिमा हुन्छिन !

तारतम्य नमिलेको, अनौठो प्रेम् कथामा 
चिसोबतास मा खोज्छु,प्रिया हुरिमा हुन्छिन् !

साया जस्तो लाग्छ कहिले छाया जस्तो पनि 
चन्द्रमा उपमा दिन्छु, फेरि दुरिमा हुन्छिन् !

परिनिती, अनामिका, रङ्गिन दुनियाँ की 
राता गुलाब म टिप्छु, किन छुरिमा हुन्छिन्!


आफु आगनमा हुन्छु,उनी धुरिमा हुन्छिन्
आउन साडीमा भन्छु,लेङ्गा चुरिमा हुन्छिन !
 

रात कट्छन् बेहोशिमा song

रात कट्छन् बेहोशिमा, दिनहरु यादमा
कहिले मन कोपिला कहिले मन पातमा

सम्झनाका पछ्यौरिमा, हेर्दै रुप उनको 
हिजोजस्तै लाग्छ अझै,मन् दिएको हात् मा

रात कट्छन् बेहोशिमा

सपनाका तरङ्गमा मायालुकै शुशेलिले
हराउँछु मिठापल ती,निश्ठुरिकै साथमा 

यादहरुकै लहराले सपनामा जून चुम्दा
भूल्न सैलोसैलो तिनै अतितका बातमा

रात कट्छन् बेहोशिमा

रात कट्छन् बेहोशिमा, दिनहरु यादमा
कहिले मन कोपिला कहिले मन पातमा

गीत एक्लै एक्लै पिउँदिन भन्थ्यौ

एक्लै एक्लै पिउँदिन भन्थ्यौ 
तिमी बिना जिउँदिन भन्थ्यौ

च्यातिए च्यातियोस् यो छाती
पिरती ले त सिउँदिन भन्थ्यौ

नशा र मायामा झुलेको देख्छु
ब्यस्तछु है भ्याउँदिन भन्थ्यौ

मतलबी दुनियाँ फोहोरी भन्दै
टाढा बस्छु च्याउँदिन भन्थ्यौ

एक्लै पिउँदैछौ अर्कैको काखमा
फर्केर् त यहाँ,आउँदिन भन्थ्यौ

छोटो गजल

देश मा संबिधान, बनेपछी आउँछु
दुर्गम्´का बाटाघाटा,खनेपछी आउँछु  

गाबिसमा सचिब, जिल्लामा प्रतिनिधि
स्थानिय निर्वाचन, गनेपछी आउँछु

शान्ती छ आजभोलि हाम्रो गाउँ शहर
बाआमाले आ छोरा, भनेपछी आउँछु

परदेश मा छैन, सजिलो सोचे जस्तो
देश मा संबिधान, बनेपछी आउँछु


गीत जीवन यो हाम्रो

हाम्रो यो जिवन, जिवन यो हाम्रो
फलाऔ,फुलाऔ, जीवन यो हाम्रो

गोरेटा घुमाउरा, उकाली ओराली
रङ्गमा घुलाऔ, जीवन यो हाम्रो 

रहरहरु कती छन्, कर्तब्य त्यस्तै
सपना, सजाऔ, जीवन यो हाम्रो

सुख दु:ख हाम्रा, हासो आशू सारा
मुस्कान खुलाऔ, जीवन यो हाम्रो

स्वदेशमा बिदेशमा,नेपाली मन यी
ने पा ल चुलाऔ,जीवन यो हाम्रो 

हाम्रो यो जिवन, जिवन यो हाम्रो
फलाऔ, फुलाऔ,जीवन यो हाम्रो

forwarded to Prakash jee,,

Monday, November 24, 2014

lSl SlS lSl Sl

 नसोध देशमा,बिहान हुन्छ 
नसोच देशमा,बिधान हुन्छ?

मिचेर साध त्यो छिमेक हुन्न
बिबेक छैन त्यो निधान हुन्छ?

हिमाल हामरो, तराई सँग
नबाध जातले चिहान हुन्छ

कि हाक देश यो कि छोड कुर्चि
सकेर ढूकुटी मिलान हुन्छ ?

गुराश खूकुरी पहाड जो छ
लुकेर हेर´या निशान हुन्छ 

या-यहा

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...