Friday, November 28, 2014

गजल म

आफ्नो प्रचार, आँफै गर्दैछु म
भर्खर् भर्खर् त बामे सर्दैछु म

उम्रेला नउम्रेला भोलिका कुरा
ढुङ्गामाथि पो बिउ छर्दैछु म 

शिखरको आश् कस्लाई हुन्न
आधार शिबिर् बाट झर्दैछु म

¨लक्ष्य¨छुटेछ पारी किनारमा 
दिनुस् न हात खोली तर्दैछु म

भेडो भएछु, एकोहोरो आज
भिर पखेरा खोजि चर्दैछु म

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...