Friday, November 14, 2014

झुत्रेका यी मनहरु

कर्णालीका भिर पाखामा हुर्केका यी मनहरु
गुरान्श टिप्न पखेरामा, फुर्केका ती मनहरु

परदेशीको आङनीमा न्याउली मजुर हराए है
स्वदेश खोज्न यी आँखामा, थुप्रेका ती मनहरु

हिमाल पहाड तराइ भन्नु हाम्रा उतै छाडी आयौ
छैनन् कोही आफ्ना यहाँ, झुत्रेका यी मनहरु

चन्द्र सूर्य छातीमा टान्सी कति बाच्ने परदेशमा
स्वाभिमानी नेपा लीका लत्रेका यी मनहरु

कर्णालीका भिर पाखामा हुर्केका यी मनहरु
गुरान्श टिप्न पखेरामा, फुर्केका ती मनह

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...