Friday, November 14, 2014

झुत्रेका यी मनहरु

कर्णालीका भिर पाखामा हुर्केका यी मनहरु
गुरान्श टिप्न पखेरामा, फुर्केका ती मनहरु

परदेशीको आङनीमा न्याउली मजुर हराए है
स्वदेश खोज्न यी आँखामा, थुप्रेका ती मनहरु

हिमाल पहाड तराइ भन्नु हाम्रा उतै छाडी आयौ
छैनन् कोही आफ्ना यहाँ, झुत्रेका यी मनहरु

चन्द्र सूर्य छातीमा टान्सी कति बाच्ने परदेशमा
स्वाभिमानी नेपा लीका लत्रेका यी मनहरु

कर्णालीका भिर पाखामा हुर्केका यी मनहरु
गुरान्श टिप्न पखेरामा, फुर्केका ती मनह

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...