Sunday, November 23, 2014

गजल जस्तै अफसोच

अध्यारो बस्तिमा बत्ती बल्छ भन्थ्यौ
चिसो अङ्गेनामा आगो बल्छ भन्थ्यौ

बारुद् र् रगत ले सिन्चिएका खेत् मा
क्रान्ति जितेपछि अन्न फल्छ भन्थ्यौ

कहिले सम्म् फुट्छौ जुट्ने तिमी कैले
सत्ता सम्हाल्नदेउ हाम्रै चल्छ् भन्थ्यौ

तिम् लाई नपुग्दो रै छ् महल कै बास्
सुकिलामुकिलाका महल् जल्छ् भन्थ्यौ

बर्लिन्को पर्खाल् ढल्यो तिम्रा कुरै मिठा
गरिबी हाम्रो पर्खाल् हेर्नु ढल्छ् भन्थ्यौ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...