Friday, November 7, 2014

गजल थाहै छैन

थाहै छैन आधा बाटो काटिएछ जिन्दगीमा 
गाठो बिनै लामो डोरी बाटिएछ जिन्दगीमा

कतै मन कतै याद छोड्दै आए हिजोअस्ति 
हैन नगद् उधारो मै, साटिएछ जिन्दगीमा

झुटो बोल्दै जुठो चाटे, त्यो पूरोले अघाईन
आँफै लाई आँफै सँग, ढाटिएछ जिन्दगीमा

खुशी के हो सुख केहो देख्न भोग्न नपाए´सी
अहो साच्या सारा सप्ना,माटिएछ जिन्दगीमा

गन्तब्य त अझै टाढा बासस्थान्´को टुङो छैन
जे जे पर्ला, पर्ला भन्दै, आटिएछ जिन्दगीमा  

थाहै छैन आधा बाटो काटिएछ जिन्दगीमा 
गाठो बिनै लामो डोरी बाटिएछ जिन्दगीमा

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...