Wednesday, November 5, 2014

आजको २ मुक्तक

शहरको जिन्दगानी सफा देख्नेहरु हो
खोतलेर त हेर यहाँ गीत लेख्नेहरु हो!
सूर्य नारायणलाई गाइको अर्घ चढाउने
कमाउने दाउमा फेरि घाम छेक्नेहरु हो!

भूजा अनि ज्यूनार छैन मधुमेहले ग्रसित
लुटेको रोटी आफ्नै छातीमा सेक्नेहरु हो!
खोक्रिएको आडम्बरमा अलिशान महल
महलभित्रको जिउदो लासमा टेक्नेहरु हो!


No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...