Wednesday, November 5, 2014

आजको २ मुक्तक

शहरको जिन्दगानी सफा देख्नेहरु हो
खोतलेर त हेर यहाँ गीत लेख्नेहरु हो!
सूर्य नारायणलाई गाइको अर्घ चढाउने
कमाउने दाउमा फेरि घाम छेक्नेहरु हो!

भूजा अनि ज्यूनार छैन मधुमेहले ग्रसित
लुटेको रोटी आफ्नै छातीमा सेक्नेहरु हो!
खोक्रिएको आडम्बरमा अलिशान महल
महलभित्रको जिउदो लासमा टेक्नेहरु हो!


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...