Friday, November 21, 2014

ISS x ४ भुलायौ तिमीले

फऊलुन् X ४ मुतकारिब मुसम्मन् सालिम [ पिङ्गल छन्द -भुजङ्गप्रयात ]
सुत्र :- ISS x ४

कसोरी कसोरी भुलायौ तिमीले
नशाले नभेट्दै झुलायौ तिमीले

नफूल्ने बिरुवा नरोपौ भनेको
अचम्मै भयोनी फुलायौ तिमीले

न ताल्चा न चाबी निसाना कता हो
म´बन्दी हिजो थे खुलायौ तिमीले 

सिरानी भिजेको सुकेको जवानी
म´डल्ला खरानी धुलायौ तिमीले (मसिनाउनु,,धुल्याउनु)

हिमाली पखेरो चितौने ठिटो हुँ
चुलायौ खसायौ रुलायौ तिमीले

कसोरी कसोरी भुलायौ तिमीले
नशाले नभेट्दै झुलायौ तिमीले

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...