Sunday, November 23, 2014

गजल धर्म हराउदैछ

सुन्नु भो हाम्रो, धर्म हराउदैछ
कस्तो न राम्रो, शर्म हराउदैछ 

पसिना रगत्, जति बगाए पनि
सहनै गार्हो, कर्म हराउदैछ

आफ्नै मात्र त होनी दुनियाँ सारा
सोचाइ चाम्रो, मर्म हराउदैछ

चलन् पुरानो,गयौ मेलामा हिजो
पालाको पैन्चो, पर्म हराउदैछ

सुन्नु भो हाम्रो, धर्म हराउदैछ
कस्तो न राम्रो, शर्म हराउदैछ 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...