Friday, November 21, 2014

गजल बन्दुक् समाए पछी

लेख्नु पर्नेले नै हात कमाए पछि
बन्ला त एेन बन्दुक् समाए पछी

कसोरी भो खै अनेकतामा एकता
भाई फुटाइ जात्रा´मा रमाए पछि

सहमती हस्ताक्षर् बहाना अनेकौ
उम्रला त् बिऊ ढुङ्गामा जमाए पछि

गरीबका सपनामा च्यान्खे थापेर
बिर्सन्छौ सपथ दाम कमाए पछि

बालि-नाली सखाप पारेर खेतको
दोश सारा ढेन्डु लाई थमाए पछि

लेख्नु पर्नेले नै हात कमाए पछि
बन्ला त एेन बन्दुक् समाए पछी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...