Wednesday, November 19, 2014

म र मेरा अक्षरहरु (कबिता)

बिथोल्न नआउ
हे!शरदका चिसा सिरेटाहरु
झ्यालका कापाहरु बाट,
म गुटुमुटिएको छु
नरम अक्षरहरु सँग
आफ्नै न्याना शब्दहरु सँग,

पिरतीको खेलमा थाकेर होला
अक्षरहरु सँग प्रित गास्दैछु
शब्दहरुमा संगीत भर्दैछु,
जहाँ म मन साट्छु
अक्षरहरु सँग शब्दहरु सँग
जहाँ म,
सारा खुशीहरु खन्याउछु
किन कि त्यहा आफ्नोपन भेट्छु
हामीहरु बिच हराउदै गएको
आत्मिएता भेट्छु,
या भनु साथी भेट्छु
जहाँ म
सँगै हास्ने र रुने
प्रेमिका भेट्छु नढाटी भन्दा
मायालु भेट्छु, त्यसैले त म
रमाएको हुन्छु,हासेको हुन्छु
तिनै मायालुहरु लाई छातीमा टासेर
निदाएको हुन्छु एक मिठो स्पर्श सँगै
भुलेको हुन्छु अतित
सोच्दिन म भुत
किन कि मेरा बर्तमान
मेरा अक्षरहरु हुन्
मेरा शब्दहरु हुन्
जो म सँगै छन्
र रहनेछन् अनन्त अनन्त,,

म शब्दहरु सँगै
मुस्कुराएको हुन्छु,
रिसाएको हुन्छु,
किन कि मलाई हसाउछन्
रुवाउछन् अनि
थुम्थुम्याउछन्।

म मेरा अक्षरहरु सँग
बिप्लबी हुन्छु,बिद्रोही हुन्छु
क्रान्तिकारी हुन्छु,
किन कि मलाई,
सुन्छन् मेरा अक्षरहरुले,
दुनियाँले नसुनेर के भो र मलाई।

गीत बनेर गुन्जिन्छन् कहिले
कहिले गजल बनेर,,
हाइकु र मुक्तकिला मनहरु बनेर
मलाई काउकुती लाउछन् भने
कहिले बिद्रोह र असन्तुष्टिको
नारा बनेर घच्घच्याउछन्।

त्यसैले म खुशी छु आज
मेरा आफ्नै अक्षरहरु सँग
बिथोल्न नआउ
हे!शरदका चिसा सिरेटाहरु

----------------
श्रीभक्त पौडेल ¨आफन्त¨
सान सेबास्टिअन
स्पेन,
बुधवार,१९ नोभेम्बर २०१४
११:१० राती

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...