Friday, November 14, 2014

सारा देशले सपनीमा....

सारा देशले सपनीमा, बोलाए झै लाग्छ
रारा एक्लै हिजोआज टोलाए झै लाग्छ

माछापुछ्रे रोए जस्तो फेवाताल आशु झारी
खारा आउछ् आँखाभरी रुलाए झै लाग्छ

घाम एउटै जुन एउटै नेपालीको नेपाल बेग्लै
भारा लाग्ला नसम्झे त, बोलाए झै लाग्छ

आज मेरो देशले मलाई बोलाए झै लाग्छ
मलाई सम्झी मेरी आमा टोलाए झै लाग्छ

गाउ बेशी मेलापात नाच्दै दोहोरिमा
हाम्रै यादमा लालीगुराश ओइलाए झै लाग्छ

सारा देशले सपनीमा, बोलाए झै लाग्छ
रारा एक्लै हिजोआज टोलाए झै लाग्छ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...