Friday, November 14, 2014

सारा देशले सपनीमा....

सारा देशले सपनीमा, बोलाए झै लाग्छ
रारा एक्लै हिजोआज टोलाए झै लाग्छ

माछापुछ्रे रोए जस्तो फेवाताल आशु झारी
खारा आउछ् आँखाभरी रुलाए झै लाग्छ

घाम एउटै जुन एउटै नेपालीको नेपाल बेग्लै
भारा लाग्ला नसम्झे त, बोलाए झै लाग्छ

आज मेरो देशले मलाई बोलाए झै लाग्छ
मलाई सम्झी मेरी आमा टोलाए झै लाग्छ

गाउ बेशी मेलापात नाच्दै दोहोरिमा
हाम्रै यादमा लालीगुराश ओइलाए झै लाग्छ

सारा देशले सपनीमा, बोलाए झै लाग्छ
रारा एक्लै हिजोआज टोलाए झै लाग्छ

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...