Wednesday, November 26, 2014

गजल कुन जहरमा हुन्छ्यौ

सर्नु परे बसाई सर्छु, कुन शहरमा हुन्छ्यौ
नदी सागर कहाँकहाँ, कुन लहरमा हुन्छ्यौ

अभिलाषा एउटै होलान्,जून तारा नै टिपने
पछ्याउँदै छु तिमीलाई, कुन रहरमा हुन्छ्यौ

गीत कबिता कोर्छु जहाँ, तिम्रै मात्र रुप छन
लेख्छु अब गजल पनि, कुन बहरमा हुन्छ्यौ

सपनी मा भेट्न आउछु, अङ्गालेर राखे सानु 
मध्यरात कि झिस्मिसेको, कुन प्रहरमा हुन्छ्यौ

बिर्सिएर यो दुनियाँ नै, त्यो काखमा मर्छु बरु
पिदिन्छ आफन्तले भन, कुन जहरमा हुन्छ्यौ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...