Friday, November 14, 2014

आँखामा बसी, काउकुती लाउने

आँखामा बसी, काउकुती लाउने
मेनका हौ कि, उर्बशी तिमी

मृग नयनी,त्यो मोनाली मुस्कान
सुनलाई उज्याउने, कशी हौ तिमी

आँखामा बसी, काउकुती लाउने

गजल हौ तिमी,कतै उर्दुकी कबिता
ओठको लालीमा,गाजलको मशी तिमी

फक्रिएकी सुनगाभा, टिपु टिपु लाग्ने
लाग्छ मेरी नै हौ, उही उर्बशी तिमी

आँखामा बसी, काउकुती लाउने

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...