Friday, November 14, 2014

आँखामा बसी, काउकुती लाउने

आँखामा बसी, काउकुती लाउने
मेनका हौ कि, उर्बशी तिमी

मृग नयनी,त्यो मोनाली मुस्कान
सुनलाई उज्याउने, कशी हौ तिमी

आँखामा बसी, काउकुती लाउने

गजल हौ तिमी,कतै उर्दुकी कबिता
ओठको लालीमा,गाजलको मशी तिमी

फक्रिएकी सुनगाभा, टिपु टिपु लाग्ने
लाग्छ मेरी नै हौ, उही उर्बशी तिमी

आँखामा बसी, काउकुती लाउने

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...