Sunday, November 23, 2014

गजल छन्द – फुँगी (हिमाल)

lSS lSl SS

सिरानी भएन खाचो
नढाटी भनौत साचो

उनै को सिरान अग्लो
म कस्तो रहे छु बाठो  

तकिया उनै त हो नी
छ न्यानो अनी छ लाटो

म´नै हो नराख कालो 
उखेलौ मिलेर भा´जो

गमक्कै फुलेर आफ्नो
गुलाबै रहेछ खाचो

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...