Tuesday, November 25, 2014

गीत एक्लै एक्लै पिउँदिन भन्थ्यौ

एक्लै एक्लै पिउँदिन भन्थ्यौ 
तिमी बिना जिउँदिन भन्थ्यौ

च्यातिए च्यातियोस् यो छाती
पिरती ले त सिउँदिन भन्थ्यौ

नशा र मायामा झुलेको देख्छु
ब्यस्तछु है भ्याउँदिन भन्थ्यौ

मतलबी दुनियाँ फोहोरी भन्दै
टाढा बस्छु च्याउँदिन भन्थ्यौ

एक्लै पिउँदैछौ अर्कैको काखमा
फर्केर् त यहाँ,आउँदिन भन्थ्यौ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...