Thursday, November 6, 2014

गीत पराईलाई

हुन्न हुन्न भन्दाभन्दै, मन दिए पराईलाई
आफ्नो भन्ने एउटै जुन् तन दिए पराईलाई

बादल सरी उडिजाने परदेशिको मनको कुरा
थाहै नपाई चोखो मेरो जोवन दिए पराईलाई

परेलीमा लुकाइ राख्छु भन्दै थियो कुनै दिन
त्यही लोभमा हरियाली बन दिए पराईलाई

कल्कलाउदो बैश अनि कोरिएका रूप-रेखा
रूपरे-खामा बान्धिएको धन दिए पराईलाई

माया चोखो रै´छ भने आउने छ एक दिन
पर्खाइमा बिताइ दिन्छु जीवन दिए पराईलाई


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...