Thursday, November 6, 2014

गीत पराईलाई

हुन्न हुन्न भन्दाभन्दै, मन दिए पराईलाई
आफ्नो भन्ने एउटै जुन् तन दिए पराईलाई

बादल सरी उडिजाने परदेशिको मनको कुरा
थाहै नपाई चोखो मेरो जोवन दिए पराईलाई

परेलीमा लुकाइ राख्छु भन्दै थियो कुनै दिन
त्यही लोभमा हरियाली बन दिए पराईलाई

कल्कलाउदो बैश अनि कोरिएका रूप-रेखा
रूपरे-खामा बान्धिएको धन दिए पराईलाई

माया चोखो रै´छ भने आउने छ एक दिन
पर्खाइमा बिताइ दिन्छु जीवन दिए पराईलाई


No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...