Tuesday, November 18, 2014

गजल खोकाहरुको बस्तिमा


 
नगर भो क्रान्तिका कुरा, भोकाहरुको बस्तिमा
कस्ता परिवर्तन रित्ता, डोकाहरुको बस्तिमा

हिजो छानो जलायौ आज के जलाउने हो कुन्नी
रित्तो काख छन ढलेका, ढोकाहरुको बस्तिमा

जून त्यो हेर्दै रोटीका टुक्रा चपाउँदै छ बस्ती
छलाङ्ग मारेर छाडेका, खोकाहरुको बस्तिमा

कति धाक् लगाउँछौ अझै गनाएका लङ्गौटीको
बल्जफ्ति गाई ख्वाए पनि, चोखाहरुको बस्तिमा

छाड्देउ खेल्न धुवाँ बारूद् रित्तिए झलुङ्गा पनि
रुँदै छिन आमा बांचेकी, झोकाहरुको बस्तिमा

· झोको,झोका - पालिमा कपडा टाङ्न डोरीले बनाइएको

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...