Wednesday, November 19, 2014

कबिता रेखाहरु,,

उफ् !!
कस्तो एेठन हो यो?
किन बन्द आँखा घोच्न
आउँदैछन् रेखाहरु
सिधा सिधा रेखाहरु,
लामा छोटा रेखाहरु
अनि अनुरोध गर्छन् मलाई
बिन्तीभाउ बिसाउछन्
म सँग,
कि मलाई आयात बनाउ
मलाई बर्ग बनाउ
त्रिकोण र षटकोण बनाउ
छोटा रेखाहरु भन्छन्
मलाई स्वस्तिक बनाउ,
म हैरान हुन्छु
असिन पसिन हुन्छु
यस्तो लाग्छ मलाई
यिनै रेखाहरुले थिच्दैछन्,
समानन्तर रेखाहरुमा
अर्को सरल रेखा भन्छ
मलाई छेदक बनाउ
आसन्न कोणहरु बनाउ
जहाँ तैले
प्रमाणित गर्नु पर्नेछ कि
जीवन एक आसन्न कोण हो,
कि सबै आसन्न कोण
बराबर हुन्छन्, जहाँ मैले
तथ्यहरु खोज्नु पर्छ
अनुरूप निकाल्नु पर्छ,
म असमर्थ हुन्छु
खै कस्तो बिडम्बना हो
ज्यामितिय आधारहरुमा
बिस्लेषण गर्नु पर्ने
जीवन सँग ज्यामितिय रेखाहरु।
म भाग्न चाहन्छु
मेरा लागि त यी सारा
असमर्थ गणितिय सवालहरु हुन्।
अर्को लामो रेखा
आदेश दिन्छ मलाई
मलाई एक गोलाकार ब्रित बनाउ।
म निस्सासिन्छु अतालिन्छु
आफ्नो जीवनमा
न कहिल्यै समानान्तर रेखा नै भेटे
न कहिल्यै आयात र बर्ग नै
जे जती भेटे र अनुभब गरे
सबै बक्र मात्र।
यस्तो लाग्छ यी
रेखाहरु नै होइनन्
घोचाहरु हुन्
मलाई घोच्दै छन्
पिट्दैछन् थचार्दै छन्।

यत्तिकैमा झसँग हुन्छु
दुबै हात छाती माथि पाउछु
छाम्छुम् गर्दै सिरान नजिकको
बोत्तल उठाएर
केही घुट्को पानी पिउछु
बाहिर भित्र अन्धकार छ,
कोठा नजिकैको बास घारीबाट
एकोहोरो बिराला रोएको सुनिन्छ,

अस्तु

बुधवार १९ नोभेम्बर,२०१४
स्पेन


No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...