Sunday, November 23, 2014

गजल भन्छ मान्छे

आफ्नै घाटीमा सुर्के डोरी,लौन कस्छु भन्छ मान्छे 
मान्छे लाई नै चक्कु छुरी,किन धस्छु भन्छ मान्छे

विश्वाश् उठ्यो मानबताको, जहाँ मानब कै बस्ती
बिद्रोह कै त्यो लामो दुरी फेरि कस्छु भन्छ मान्छे

युद्ध देखि न´डराएको, बादल् गर्जिदा भाग्छ आज 
बाच्नु भन्दा उत्तम भेरी बरु पस्छु भन्छ मान्छे

सिमा कोर्दै खुकुरीले अनि आकाश च्यात्न खोज्छ
खाडल मा दुनियाँ पुरी, माथि बस्छु भन्छ मान्छे

लोभ मोहले डसी सक्यो,मन्दिर् भित्र बसे पनि
चन्द्रमा मा पुगेर फेरी,धर्ति खस्छु भन्छ मान्छे


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...