Tuesday, November 4, 2014

गीत/गजल तोड्न लाई हो भने

नखाउ अब बाचा कसम तोड्न लाई हो भने
दुई पाईला साथ केबल मोड्न लाई हो भने

देउराली मा माने बनाई कुल्ची जाने निस्ठुरी
रस चुसेर छोक्रा बाटोमा छोड्न लाई हो भने

कहिले सोध्यौ देवता लाई सधैं आफ्नो गुनासो छ्
नचढाउ भेटी नरिवल,फोड्न लाई हो भने 

भैगो मन्दिर जान छाड्देऊ विश्वाश उड्यो भन्छ्यौ
नसार फूल भक्कानिदै लौ गोड्न लाई हो भने 

नखाउ अब बाचा कसम तोड्न लाई हो भने
दुई पाईला साथ केबल मोड्न लाई हो भने

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...