Tuesday, November 4, 2014

गीत/गजल तोड्न लाई हो भने

नखाउ अब बाचा कसम तोड्न लाई हो भने
दुई पाईला साथ केबल मोड्न लाई हो भने

देउराली मा माने बनाई कुल्ची जाने निस्ठुरी
रस चुसेर छोक्रा बाटोमा छोड्न लाई हो भने

कहिले सोध्यौ देवता लाई सधैं आफ्नो गुनासो छ्
नचढाउ भेटी नरिवल,फोड्न लाई हो भने 

भैगो मन्दिर जान छाड्देऊ विश्वाश उड्यो भन्छ्यौ
नसार फूल भक्कानिदै लौ गोड्न लाई हो भने 

नखाउ अब बाचा कसम तोड्न लाई हो भने
दुई पाईला साथ केबल मोड्न लाई हो भने

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...