भोको पेटमा उत्सव
मनाउनेहर
सुन!तिमी आँफै
खोक्रिदै छौ
सिद्दिदै छौ एक
एक गरेर
जसरी सारङ्गीलाई खोक्रो
पारीन्छ
त्यसरी नै खोक्रो
पारीदैछ
तिमी लाई पनि।
बज, गुनगुनाउ या
सवाइ नै
कह
तर तिमी खोक्रो
छौ खोक्रो।
कति पछि लाग्छौ
राता बिर्खे टोपी
लगाउनेहरुको
उनिहरु त भोड्का
र रमको
न्यानो लालित्यमा मस्त
निदाएका हुन्छन्
अनि तिमी निस्कन्छौ,उनैका
च्यातिएका थोत्रा लङ्गौटी
बोकेर
शहर र सडक
तताउन,
यस्तो लाग्छ
तिमीलाई ठुलो जिम्मा
दिइएको छ
तिमी जस्तै भोकाहरुको
बस्ती जलाउने
विश्वाश गर !
कसैले सुन्दैनन् तिम्रा
भोका बुलन्दी
जिन्दाबाद र मुर्दाबादका
कोहरामहरु!
कति बन्छौ
लोक कथाका ढेन्डु
तिमी
जहाँ समानताको निहुँमा
तिम्रै रोटी चबाइेका
हुन्छन्
अनि तिमीलाई धबाइेका
हुन्छन्
अर्को रोटी खोज्न
होइन,होइन लुट्न
यहाँ हरेक बिहान्
बिहान हुन्छ
तर तिमी सँग
रहनेछन्, केबल
भोका लामा रातहरु
त्यसैले भन्छु,
नलाग पछि ति
राता पालहरुको
सुनामीका छालहरु सँगै
किन कि गन्तब्यहिन
छन्
अस्तित्वहिन् छन् तिनका
यात्राहरु,
डकार्दै आफु तिमीलाई
हकार्दै छन्
जाउ सडक तताउ
भन्दै,
साबधान!
अब पनि भोको
पेट सडक
तताउन गयौ
भने
खोक्रिने छौ दोब्रिने
छौ
कहिल्यै नउठ्ने गरी,,
त्यसैले छाड्देउ
भोको पेट उत्सव
मनाउन
हाम्रा बिहान भैसकेका
छन्
केबल आँखा उघारेर
हेर,नाङ्गो
धर्तिमा
एक मुठी माटो
तिम्रो पनि
हो
मेरो पनि हो।
झुक्याउदै छन् आज
फेरि तिमीलाई
क्षितिज माथिको जुन
र घाम
देखाउदै
जो जुन अबिछिन्न
छन् सदासदाका
लागि
तिम्रो आफ्नै पहिचान
लिलाम हुँदैछ
होसियार!
भाडहरु भाड्दैछन् अझै
तिम्रा हाम्रा भोका
पेटहरु
चल्बलाउदै छन् भोका
पेटहरुमा
लात मार्नेहरु नै
दारा र मुख
बाउदैछन्
हाम्रै नामका कथित
नाराहरु
लेखाउदैछन् हाम्रै हात
बाट
रित्ता भित्ताहरुमा
त्यसैले छाड्देउ
भोको पेट उत्सव
मनाउन
हाम्रा बिहान भैसकेका
छन्
केबल आँखा उघारेर
हेर,नाङ्गो
धर्तिमा
एक मुठी माटो
तिम्रो पनि
हो
मेरो पनि हो।
श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन
हाल परदेश
No comments:
Post a Comment