Thursday, November 20, 2014

गीत हिजो र आज

जुधाएर ति नजर, ओठ टोक्यौ तिमीले
नजानिदो ईशाराले, माया पोख्यौ तिमीले

गुम्सिएका भावना र, मन भरिको प्रित
खन्याउदै मुस्कानले, हिजो रोज्यौ तिमीले

आज् किन मझधारमा, एक्लै भए आखिर
छोडि जानु थियो भने, किन खोज्यौ तिमीले

छाती भित्र लुकाएर्,चौबन्दीले बाध्छु भन्थ्यौ
न´रोक्नु थियो पाइला, तिनै रोक्यौ तिमीले

छाया देखी तर्सन्छु म, उज्यालो ले तर्साउछ 
यस्तो लाग्छ तराजुमा, प्रित जोख्यौ तिमीले

जुधाएर ति नजर, ओठ टोक्यौ तिमीले
नजानिदो ईशाराले, माया पोख्यौ तिमीले

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...