Tuesday, November 18, 2014

एउटा गीत गाउँछु


 
सुन साथी आज म, एउटा गीत गाउँछु
सपनीमा भेट्ने सँग, चोखो प्रित लाउँछु

पागल भने भन अब रात प्यारो लाग्छ
बदामी आँखाहरुमा, हित् चित्त लाउँछु

सुन साथी आज म, एउटा गीत गाउँछु

सुस्तसुस्त आउँछिन् उनी मिठो बात गर्छिन्
पिरतीको बगान् मा, भेट्ने रित लाउँछु

मतलबी छ दिनको दुनियाँ बरु सपनीमा
मिठामिठा प्रेमका गीत्, उनै सित गाउँछु

सुन साथी आज म, एउटा गीत गाउँछु
सपनीमा भेट्ने सँग, चोखो प्रित लाउँछु

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...