Tuesday, November 18, 2014

गीत / गजल




त्यो नजरको बयान् म किन गरुँ साथी
तिमी ले पनि नशा, पिउन थाल्यौ भने

उनकै नामको गजल किन सुनाउँ साथी
मैले जस्तो यो छाती, सिउन थाल्यौ भने

जानी नजानी नशा, पिउन थाल्यौ भने 

सारा मनका ब्यथा म किन कहुँ साथी
आफन्त झैं आसुँमा, जिउन थाल्यौ भने

जानी नजानी नशा, पिउन थाल्यौ भने   

साकी हौ तिमी मेरा, मधुशालाहरुमा
म दिन्न डुब्न तिमीलाई प्यालाहरुमा

सुन त्यसैले

त्यो नजरको बयान् म किन गरुँ साथी
तिमी ले पनि नशा, पिउन थाल्यौ भने ,,

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...