Tuesday, November 18, 2014

गीत सुन्य सुन्य


 
शहर सुन्य सुन्य आज रहर सुन्य सुन्य
तिमी बिना यहाँ आज लहर सुन्य सुन्य

सपनीमा सताउनेले बिर्सिए झैं लाग्नथाल्यो
पुर्णिमाका रातहरुमा आज प्रहर सुन्य सुन्य

नशाले नि छाडी दिन्छ तिम्रो याद आउँदा
भिडमा एक्लै हुँदा आज डगर सुन्य सुन्य

सुसाएर बग्यो खोली त्यो किनार एक्लै रुन्छ
किनारमा आँफै रोएं आज बगर सुन्य सुन्य

शहर सुन्य सुन्य आज रहर सुन्य सुन्य
तिमी बिना यहाँ आज लहर सुन्य सुन्य

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...