Tuesday, November 18, 2014

गजल जस्तै न मरेको भान यहाँ


 
जिउँदोको आभास, मरेको भान यहाँ 
मुर्कुट्टाहरुको भिड्मा, बढेको शान यहाँ

छातीमा चन्द्रसुर्य शिरमा यो ढाका टोपी
सुनको चरी झारें, अढेको आन यहाँ

बिडम्बना मान्नै पर्छ हराए नेपाली मन
आत्मियता हराय है, गढेको ठान यहाँ

गोर्खालीका छोरा हामी उच्च शिखर ताक्ने
परदेश् को गल्लिमा छौ, चढेको मान यहाँ

जिउँदोको आभास, मरेको भान यहाँ 
मुर्कुट्टाहरुको भिड्मा, बढेको शान यहाँ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...