Tuesday, November 25, 2014

रात कट्छन् बेहोशिमा song

रात कट्छन् बेहोशिमा, दिनहरु यादमा
कहिले मन कोपिला कहिले मन पातमा

सम्झनाका पछ्यौरिमा, हेर्दै रुप उनको 
हिजोजस्तै लाग्छ अझै,मन् दिएको हात् मा

रात कट्छन् बेहोशिमा

सपनाका तरङ्गमा मायालुकै शुशेलिले
हराउँछु मिठापल ती,निश्ठुरिकै साथमा 

यादहरुकै लहराले सपनामा जून चुम्दा
भूल्न सैलोसैलो तिनै अतितका बातमा

रात कट्छन् बेहोशिमा

रात कट्छन् बेहोशिमा, दिनहरु यादमा
कहिले मन कोपिला कहिले मन पातमा

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...