Friday, November 21, 2014

गजल देखें

शहर बाहिर ठुलो, बस्ती देखें
पराई पनि त तिमी,जस्ती देखें

नसोध कहिले कहाँ, देखिस् भनि
आज बिहान र हिजो,अस्ती देखें

नजर् मा तिमी अधरमा तिमी छौ
सायद सागर् छेवैमा, कस्ती देखें

तिम्रो रुपमा जल्नेहरु केहिले त्
सुन्दर बन्ने मोहमा, घस्ती देखें

राधाका पछि ग्वालाहरुका के कुरा
तिम्रा पछि आफन्तका गस्ती देखें

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...