Friday, November 21, 2014

गजल सराब छैन?

देखाउ दुनियाँ´मा आज को खराब छैन
जल जमिन जङ्गल, कहाँ धराप छैन

तेत्तिस कोटी देबताको आशिर्बाद् छभने 
जाऔ न त सब वही,  जहाँ सराप छैन

आफ्नै मन नजित्नेले खै कस्को मन जित्ने
भन कस्को मन मा, मन को दबाब छैन

हातको मयल हो भन्दै हत्केला मडार्छौ
निक्ल बाहिर को छ धनमा लगाब छैन

आस्तिक भन्दा नास्तिक बढ्दैछ्न बस्तिमा
सोध्दै छन् मन्दिर मस्जिदमा सराब छैन?



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...