Wednesday, November 5, 2014

किन होला यी नजरले

किन होला यी नजरले तिमीलाई खोज्न थाल्यो
भेट्ने रहर मेट्न हो कि सबैलाई सोध्न थाल्यो

बितेका ती पलहरु को, सम्झनाले सताउदा
प्यारो लाग्ने जुनेलीका सपना नै रोज्न थाल्यो

आँखा छोपी झुक्याउने जिस्काउने बिछ्यौनामा
घरिघरी त्यही यादले यो मनमा घोच्न थाल्यो

परदेशको सुखी जीवन सोच्या जस्तो छैन होला
खै किन पापी मन्´ले अनेक कुरा सोच्न थाल्यो

किन होला यी नजरले तिमीलाई खोज्न थाल्यो
भेट्ने रहर मेट्न हो कि सबैलाई सोध्न थाल्यो




 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...