Thursday, November 13, 2014

शहर सुन्दरी र शराब

शहर सुन्दरी र शराब
यस्तो लाग्छ खोक्र्याउदै छ
म र मेरो जिन्दगी,

शहरले लोभ्याउछ मलाई
सुन्दरीले लोभ्याउछे मलाई
शराबमा म आँफै लोभिन्छु

थाहा छैन कस्तो नशा छ
यी तीन सँग,
म मात्र होइन
कैयौ जिन्दगी सिद्दिएका छन्
शहर भित्र,
शराब र सुन्दरीको काखमा

दलदल छन यहाँ 
मखमलले ढाकिएका
सिढीहरुले डोर्याएर पुर्याउछन्
जहाँ गूडिया लाग्छन्
काखमा राखेर सुम्सुम्याउन मन लाग्छ
शहर सुन्दरी र शराब,,

मनहरु रित्तिन्छन्
गोजिहरु रित्तिन्छन्
कलेजा रित्तिन्छन्
तर, तर ति, यि
रित्तिदैनन् सकिदैनन्

जहाँ बाट न जिन्दगी फर्कन्छ
मोह छ यिनिहरु सँग
मिठो मुस्कानमा
मिठो भोजनमा
मिठो निन्द्रामा

सपना बाढ्छन्
महल र भोक बाड्छन्
जिन्दगी त्यतै लम्कन्छ
लहसिन्छ अनि बहकिन्छ,,
यस्तो लाग्छ
इबोला भाईरस भन्दा खतरा छन्
शहर सुन्दरी र शराब
टोक्छन् चितोर्छन्
चिमोट्छन्, तर
थाहै पाउदैन जिन्दगीले
कि काउकुती थियो कि सुम्सुम्याइ,,

अस्तु ,,,,

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...