Tuesday, November 18, 2014

बालपनको यादमा गीत,



                     केही सत्यता होलान् केही आत्मियता होलान्

बाटो छेकी अताएको हिजो जस्तै लाग्छ
आँखा छोपी सताएको हिजो जस्तै लाग्छ

हिमाल हेर्दै देउरालीमा ढुङ्गा टिपी खेल्दै 
खेल्दा खेल्दै हराएको हिजो जस्तै लाग्छ

अबोध प्रेम सम्झनाले लाग्दा काउकुती
ढुङ्गाकै घर् अढाएको हिजो जस्तै लाग्छ

टौवा कटेरामा चाहर्दै चरीगुँढ खोज्दा
आफ्नै बार लढाएको हिजो जस्तै लाग्छ

भबिश्यमा बिहे गर्ने भनि बाचाकसम् खादै 
पाती टिपी चढाएको, हिजो जस्तै लाग्छ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...