Tuesday, November 4, 2014

गीत/गजल पिरतीको दलदल् मा

निक्लुं भन्छु दबाउंछ्यौ पिरतीको दलदल् मा
बाचाकसम् खुवाउंछ्यौ जिन्दगीको पलपल् मा 

उल्टो छुरा चलाऊन कस्ले सिकायो लौ भन
राप उस्तै बढाउंछ्यौ उकालीको खलखल् मा

मरूभूमिको यात्रा मेरो मरुध्यान पाईन मैले
बाटो छेकि थकाउंछ्यौ बालुवाको ढलपल् मा    

नबोलाउ भो ईशाराले नजर्´माछ खोट तिम्रो
नुन चुक लगाउंछ्यौ यो´घाउको भलभल् मा 

पुर्णिमाको रात् मा सधैं बादलुले छेक्दा आकाश
बत्ती किन निभाउंछ्यौ उजेलीको तलतल् मा 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...