Tuesday, November 4, 2014

गीत/गजल पिरतीको दलदल् मा

निक्लुं भन्छु दबाउंछ्यौ पिरतीको दलदल् मा
बाचाकसम् खुवाउंछ्यौ जिन्दगीको पलपल् मा 

उल्टो छुरा चलाऊन कस्ले सिकायो लौ भन
राप उस्तै बढाउंछ्यौ उकालीको खलखल् मा

मरूभूमिको यात्रा मेरो मरुध्यान पाईन मैले
बाटो छेकि थकाउंछ्यौ बालुवाको ढलपल् मा    

नबोलाउ भो ईशाराले नजर्´माछ खोट तिम्रो
नुन चुक लगाउंछ्यौ यो´घाउको भलभल् मा 

पुर्णिमाको रात् मा सधैं बादलुले छेक्दा आकाश
बत्ती किन निभाउंछ्यौ उजेलीको तलतल् मा 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...